काठमाडौँ । लिभरपुलले युइएफए च्याम्पियन्स लिग अन्तर्गत रियल म्याड्रिडलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले रियल म्याड्रिडलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
लिभरपुलको जितमा खेलको ६१औं मिनेटमा एलेक्सिस म्याक अलिस्टरले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
यो जितपछि लिभरपुलको ४ खेलमा ८ अंक भएको छ र हाल छैटौं स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको पनि ४ खेलमा ९ अंक छ र हाल पाँचौ स्थानमा रहेको छ ।
प्रतिक्रिया