काठमाडौँ । ४१ वर्षीय न्युजिल्याण्डका पूर्व कप्तान रस टेलरले ओमानमा हुने आगामी एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोटमा सामोआको प्रतिनिधित्व गर्ने भएका छन् ।
सामोआलाई २०२६ टी-२० विश्वकपको छनोटमा सहयोग गर्न टेलरले आफ्नो सन्यास तोड्दै सामोआबाट खेल्ने भएका हुन् ।
उनले भनेका छन्- केही महिनादेखि तयारी भइरहेको छ, तर स्पष्ट रूपमा आज टोलीको घोषणा भएको छ, त्यसैले, मेरी आमाको जन्म भएको देशको प्रतिनिधित्व गर्न पाउँदा रोमाञ्चक छु । म सधैं पोलिनेसियन समुदायलाई कुनै न कुनै तरिकाले फिर्ता दिन चाहन्थें । मैले सधैं सोचेको थिएँ, यो कोचिङ र अन्य माध्यमहरूमा बढी हुनेछ, मैले कहिल्यै सोचेको थिइनँ कि म सामोआको लागि खेल्नेछु । तर अवसर आएपछि, खेलाडीको रुपमा प्रतिनिधित्व गर्न र सामोआको लागि मेरो उत्कृष्ट प्रदर्शन गर्न उत्सुक छु ।'
नोभेम्बर २०२० मा अन्तिम पटक यस टी-२० खेलेका टेलर न्यूजील्याण्डको पाँचौं सबैभन्दा धेरै टी-२० रन बनाउने खेलाडी हुन् ।
सामोआले विश्वकप छनौटको इस्ट एसिया प्यासिफिकको उप क्षेत्रिय छनौट जितेर एसिया-पूर्वी एसिया-प्यासिफिक टी-२० विश्वकप २०२६ छनोट खेल्न लागेको हो । आगामी अक्टोबर ८ देखि १७ सम्म ओमान हुने छनौट प्रतियोगितामा नेपालसहितका ९ देशले भाग लिदैछन् भने उत्कृष्ट ३ देश विश्वकपमा छनौट हुनेछन् । सामोआ समुह सी मा ओमान र पीएनजीसँग रहेको छ ।
प्रतिक्रिया