×

स्कटल्याण्ड क्रिकेट विश्वकप लिग-२ को शिर्ष स्थानमा उक्लियो

images

काठमाडौँ । स्कटल्याण्डले आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको खेलमा नामिबियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा स्कटल्याण्डले नामिबियालाई ५५ रनले पराजित गरेको हो ।

बर्षाले प्रभावित यो खेल २४-२४ ओभर खेलाइएको थियो ।

स्कटल्याण्डले दिएको १६५ रनको लक्ष्य पछाएको नामिबियाले २१.२ ओभरमा १०९ रन बनाएर अल आउट भएको थियो । यस अघि स्कटल्याण्डले टस जितेर पहिला ब्याटिंग गर्दै २४ ओभरमा अल आउट हुदै १६४ रन बनाएको थियो ।

यो जितपछि स्कटल्याण्ड लिग- २ को अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । स्कटल्याण्डको २३ खेलमा २९ अंक भएको छ । त्यस्तै नामिबियाको भने २४ खेलमा १९ अंक रहेको छ र छैटौं स्थानमा रहेको छ ।

अब सिरिज अन्तर्गत शनिबार क्यानडा र स्कटल्याण्ड खेल्ने तालिका रहेको छ ।

 

शुक्रबार​ २० भदौ २०८२ ०८:०४ AM मा प्रकाशित

प्रतिक्रिया