काठमाडौं । आज सुनचाँदीकै मूल्य स्थिर छ। गएको बिहीबार तोलामा ३६ सय रुपैयाँ घटेर दुई लाख ९४ हजार रुपैयाँमा झरेको सुनको मूल्य गएका तीन दिनदेखि सोही मूल्यमै स्थिर रहेको हो।
गएको शुक्रबार पनि सुनको मूल्य यही भाउमा स्थिर थियो। गएको माघ १५ गते एकैदिन तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर सुनको भाउ तीन लाख ३९ हजार तीनसय रुपैयाँ कायम भएको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
त्यसैगरि आज चाँदीको मूल्य पनि तोलाको चार हजार ८३० रुपैयाँ स्थिर रहेको महासंघले जनाएको छ। गएको माघ १८ गते चाँदीको मूल्य तोलामा १५ सय ६५ रुपैयाँ घटेको थियो। चाँदीको मूल्यमा आएको यो गिरावट हालसम्मकै सबैभन्दा उच्च हो।
माघ १५ गते भने चाँदीको भाउ सात हजार ५०५ रुपैयाँ पुगेको थियो। चाँदीको यो मूल्य अहिलेसम्मकै उच्च हो।
प्रतिक्रिया