काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको र हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहेको जानकारी दिएको छ ।
आज दिउँसो लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
त्यसैगरी आज राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ भने गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मध्यम वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया