×

राप्रपा प्रदेशसभा उम्मेदवार माओवादी प्रवेश

images

 इन्जिनियर सुबोध बस्नेत नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । गोरखा सदरमुकाम आयोजित चुनावी कार्यक्रममा बस्नेतलाई अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गराएका हुन् ।  आफ्नो उम्मेदवारी निष्क्रिय बनाई बस्नेत माओवादी प्रवेश गरेका हुन् ।


देशको राजनीतिक निकास वाम लोकतान्त्रिकले दिने भन्दै राप्रपा उम्मेदवार बस्नेत माओवादी प्रवेश गरेका हुन् । ‘नेपालको राजनीतिक आन्दोलनका मियो, शान्ति र क्रान्तिका नायक गोर्खामा उम्मेदवार भएर आउनु सम्पूर्ण गोर्खाली जनताको लागि गौरवको विषय हो। म आजैका दिन देखि मेरो उम्मेदवारी निष्क्रिय बनाई माओवादी केन्द्रमा प्रवेश गरेको घोषणा गर्दछु ’ उनले भने ।

शुक्रबार​ १८ कात्तिक २०७९ ०२:१७ PM मा प्रकाशित

प्रतिक्रिया