×

राहदानी वितरण अनिश्चितकालका लागि बन्द

images

काठमाडौं। राहदानी वितरणको काम अनिश्चितका कालका लागि बन्द भएको छ। राहदानी विभागको सिस्टमको समस्याका कारण राहदानी वितरणको काम बन्द गरिएको विभागले जनाएको छ।

विभागले मंगलवार एक सूचना जारी गर्दै सिस्टममा समस्या आएकाले अर्को सूचना जारी नभएसम्मका लागि राहदानी वितरणको काम रोकिएको जनाएको छ। सो समस्या समाधानका लागि निरन्तर काम गरिरहेको र सिस्टम पूर्ण रुपमा सञ्चालन हुन केही समय लाग्ने प्रवक्ता दुरपदा सापकोटाले बताइन्।

तर राहदानी आवेदनका लागि अप्वाइन्टमेन्ट डेट बुक गरेका सेवाग्राहीको बुक गरेको मितिमा बायोमेट्रिक भने संकलन हुने विभागको भनाइ छ। यता सरकारले विभागमा देखिएको लाइन व्यवस्थापन गर्न निर्देशन दिएको छ।

बुधबार २० पुस २०७९ ०८:१९ AM मा प्रकाशित

प्रतिक्रिया