×

एल्चेमाथि बार्सिलोनाको सहज जित, लिगमा दोस्रो स्थानमा उक्लियो

images

काठमाडौँ । बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गतको खेलमा एल्चेलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एल्चेलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा लामिन यमल, फेरान टोरेज र मार्कस राशफोर्डले एक एक गोल गरेका थिए । त्यस्तै एल्चेका लागि राफा मिरले एक गोल गरेका थिए ।

यो जितपछि बार्सिलोनाको ११ खेलमा २५ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै एल्चेको ११ खेलमा १४ अंक रहेको छ र अंक तालिकामा नवौं स्थानमा रहेको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०८:२६ AM मा प्रकाशित

प्रतिक्रिया