×

सुनकोसी नदीमा सुख्खा पहिरो खसेपछि स्थानीय सशंकित

images

काभ्रे । सुनकोसी नदीमा ठुलो सुख्खा पहिरो झरेको छ ।

काभ्रे जिल्लाको तेमाल गाउँपालिका वाड नम्बर ६ को झगडेबेसीको पारीबाट (चौरिदेउराली गाउँपालिका ६)  बिहान ८ वजे देखि ठुलो पहिरो आइ सुनकोशी नदी केहीबेर थुनिन गएको थियो । पछि नदीले नै पहिरो खोलेर बग्न थालेपछि सम्भावित खतरा टरेको स्थानीयले बताएका छन् ।

अहिले पनि सानो तहमा पहिरो खसिरहेको र ठुलो पहिरो खासमा समस्या आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ ।

 

सोमबार १८ कात्तिक २०८२ ०६:५१ PM मा प्रकाशित

प्रतिक्रिया