काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा हाल पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ र हाल कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको जनाएको छ ।
त्यस्तै बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भईरहेको विभागले जनाएको छ ।
आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा-हिमपातको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।
त्यसैगरी आज राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी प्रदेशमा मौसम मूख्यतया सफा रहने र कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
प्रतिक्रिया