काठमाण्डौ – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सानो मन्त्रीमण्डल विस्तार गरेर मितव्ययी सरकार बनाउन सरकारसँग आग्रह गर्नुभएको छ । आज मङ्गलवार स्पिकर्स फोरम नेपालले काठमाण्डौमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
अध्यक्ष तिमिल्सिनाले पार्टी धेरै भए भन्दैमा मन्त्रालयको सङ्ख्या नै बढाउने काम गर्न नहुनेमा जोड दिनुभयो । उहाँले गठबन्धनमा सहभागी सबै पार्टीले मिलेर आवश्यक मन्त्रालय मात्रै बनाइ नागरिकको समस्या समाधान गर्ने दिशामा लाग्न अपरिहार्य भएको बताउनुभयो । सरकारले २० जनासम्मको मन्त्रीमण्डल विस्तार गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।
प्रतिक्रिया