काठमाण्डौँ। जनता समाजवादी पार्टी नेपालमा सरकारमा जाने नजाने विषयमा छलफल सुरु भएको छ । हिजोदेखि काठमाडौँमा सुरु राजनीतिक समितिको बैठकमा तेस्रो नम्बरको एजेन्डा ‘न्युनतम् साझा नीति तथा कार्यक्रम र सरकारमा सहभागिता सम्बन्धमा’ मा छलफल सुरु भएको हो ।
बैठकमा बोल्ने अधिकांश नेताहरूले सरकारमा सहभागी हुनुपर्ने तर त्योभन्दा अघि पार्टीले उठाएका मागको सम्बोधन कति हुन्छ भन्ने कुरा पहिला हेर्नुपर्ने सुझाव दिएका छन् ।
जसपा नेपालले सरकारलाई समर्थन गरिसकेको छ । बैठकपछि मात्र सरकारमा जाने–नजाने बारेमा निर्णय गर्ने जसपाले भन्दै आएको छ । विगतमा सरकारमा सहभागी हुँदा जसपा नेपालले कुनै न कुनै सम्झौता गरेर मात्र सरकारमा सहभागी भएको थियो । यसपटक पनि सरकारसँग वार्ता र छलफल गरेर मात्र सरकारमा सहभागी हुनुपर्ने धारणा नेताहरूको रहेको छ । विगतदेखि उठाउँदै आएको संविधान संशोधन, नागरिकताको विषय, राज्य पुनर्संरचना, भाषालगायतका विषयमा सरकारले स्पष्ट पारेपछि मात्र पार्टीको सरकारमा सहभागिताको सुनिश्चितता गर्नुपर्ने सुझाव नेताहरूले दिएका छन् ।
प्रतिक्रिया