×

गृहमन्त्री लामिछानेले नेपाल टी–२० लिगबारे अनुसन्धान गर्न सीआईबीलाई निर्देशन दिए

images

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानको आयोजना तथा विवादित भारतीय कम्पनी सेभेन थ्री स्पोर्टसको सञ्चालनमा जारी फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–२० लिगमा देखिएको विवादबारे गृह मन्त्रालयले चासो दिएको छ ।

९ पुसदेखि त्रिवि मैदानमा सुरु भएको प्रतियोगितामा खुलेआम सट्टेबाजी, सम्भावित म्याच फिक्सिङ र श्रम स्वीकृतिबिना विदेशी खेलाडीलाई खेलाइएकोबारे अनुसन्धान गर्ने गृहमन्त्री रवि लामिछानेले प्रहरी मुख्यालयलाई निर्देशन दिएका छन् ।


गृहमन्त्रीको सचिवालय श्रोतका अनुसार मन्त्री लामिछाने आफैंले प्रतियोगिताबारे सार्वजनिक भइरहेका तथ्यहरुमा चासो राख्दै मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी )मार्फत अनुसन्धानका लागि निर्देशन दिएका हुन् ।

मङ्गलबार १९ पुस २०७९ ०५:५९ PM मा प्रकाशित

प्रतिक्रिया