काठमाडौँ । ऊर्जा तथा सहरी विकास मन्त्री कुलमान घिसिङले १५ दिनमा स्थानीयका माग पुरा गर्ने प्रतिबद्धता गरेपछि बञ्चरेडाँडा फोहर फाल्न दिन सहमति भएको छ ।
आइतबार बिहान मन्त्री घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमनपछि स्थानीयसँग छलफल गरेका थिए । छलफलमा स्थानीय जनप्रतिनिधि र नागरिकले यसअघि गरिएका सहमति कार्यान्वयन नगरिएकोले आफुहरुले अवरोध गर्न बाध्य भएको मन्त्री घिसिङसँग राखेका थिए ।
त्यसपछि घिसिङले १५ दिन भित्र यसअघि गरिएका सहमति कार्यान्वयन गर्ने तर अहिलेलाई फोहोर फाल्न दिन आग्रह गरेपछि स्थानीय सहमत भएका हुन् । सहमतिसँगै बञ्चरेडाँडामा फोहोर फाल्न शुरु गरिएको छ । ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यन्वयनमा संघीय सरकार र काठमाडौँ महानगरले चासो नदिएको भन्दै विगत चार दिनदेखि फोहोर फाल्न अवरोध गरेका थिए ।
प्रतिक्रिया