×

काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी

images

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ ।

४० वर्षमुनीका युवाहरुको कांग्रेस सुधार अभियानले सानेपास्थित कांग्रेस पार्टी केन्द्रीय कार्यालयमा प्रदर्शन गर्दा तालाबन्दी गरेको हो ।

अभियानले पार्टी कार्यालय प्रवेश गर्ने मुख्य गेटमै तालाबन्दी गरेको छ । उनीहरूले नियमित महाधिवेशन र युवाको प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने माग राखेका छन् । साथै अभियानमा सहभागी युवाहरुले केन्द्रीय समितिको बैठकले नियमित महाधिवेशन गर्ने निर्णय नगरेमा नेताहरुलाई घेराउ गर्ने चेतावनी पनि दिएका छन् ।

महाधिवेशन बारे विवाद हुदा कांग्रेसको आज बस्ने भनिएको केन्द्रीय समितिको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । विवाद मिलाउन भन्दै शनिबार र आइतबार बिहान गरिएका बैठकमा सहमति जुट्न नसकेको नेताहरुले बताएका छन् ।

आइतबार​ १७ कात्तिक २०८२ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया