×

केपी ओली र बाबुराम बीच भेटवार्ता

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।

ओलीको निवास बालकोटमा भएको भेटमा दुई नेताबीच सामसामयिक राजनीति, नयाँ सत्तारुढ गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल भएको नेपाल समाजवादी पार्टीले जनाएको छ ।


४ मंसिरको चुनावमा नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा प्रतिस्पर्धा गरेको नेसपा हाल सत्तारुढ गठबन्धनतिरै छ ।

सोमबार १८ पुस २०७९ ०५:४५ PM मा प्रकाशित

प्रतिक्रिया