×

देशभर जनभेला र प्रदर्शन गर्ने एमालेको निर्णय

images

काठमाडौं । नेकपा एमालेले देशभर जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको छ ।

शनिबार भक्तपुरस्थित गुण्डुमा बसेको केन्द्रीय सचिवालय बैठकले संविधानको रक्षा, लोकतन्त्रको जगेर्नाका लागि जनभेला र प्रदर्शन गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका हुन् । 

बैठकले यही कात्तिक २२ गते वडा भेला, २५ गते पालिका भेला, २९ गते जिल्लामा जनसभा र मंसिर ६ गते काठमाडौंमा जनसभा गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए ।

आजको बैठकले यसअघि पोखरामा गर्ने भनिएको महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ । त्यस्तै मङ्सिर २७ देखि २९ सम्म हुने महाधिवेशनमा करिब २१ सय प्रतिनिधि सहभागी हुने र प्रतिनिधिको छनौट मङ्सिर १३ गते देशभर एकै दिन गर्ने बैठकले गरेको छ ।

शनिबार १६ कात्तिक २०८२ ०९:५७ PM मा प्रकाशित

प्रतिक्रिया