काठमाडौं । नेकपा एमालेले एघारौं महाधिवेशनको स्थान परिवर्तन गर्दै काठमाडौँमै गर्ने निर्णय गरेको छ ।
यसअघि पोखरामा महाधिवेशन गर्ने निर्णय गरेको एमालेले अब काठमाडौंमा महाधिवेशन गर्नेगरी निर्णय लिएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीले महाधिवेशन भने पूर्वनिर्धारित मिति मङ्सिर २७ देखि २९ सम्म हुने बताए ।
त्यस्तै बैठकले महाधिवेशनका लागि चुनिने प्रतिनिधिका बारेमा एमालेका ६ लाख ६७ हजार ६३० पार्टी सदस्यबाट एकै दिन देशभर मङ्सिर १३ गते शनिबार गर्ने निर्णय गरेको छ ।
प्रतिनिधि चयनका लागि संघीय निर्वाचन क्षेत्रलाई आधार मान्दै एक निर्वाचन क्षेत्रमा १२ सय सदस्य बराबर २ जना खुला, एक जना महिला र एक जना ४० बर्ष मुनिका युवा गरि ४ जना प्रतिनिधि निर्वाचित हुने र त्यसपछि थपिने ८०० सदस्यमा एक प्रतिनिधि चयन गर्ने ज्ञवालीले जानकारी दिए । महाधिवेशनमा कम्तिमा एक तिहाई महिला प्रतिनिधि सुनिस्चित गर्ने बताएका छन् ।
ज्ञवालीले महाधिवेशनका लागि करिब २१ सय प्रतिनिधि चयन गरिने जानकारी दिएका छन् ।
प्रतिक्रिया