स्वयम्भूमा बाँदरहरु कसरि आइपुगे
महानगर काठमांडूको पच्छिम सिमानामा रहेको स्वयम्भू थुम्कोमा हरियाली देखिरहनाले सबैको मनमा आनन्दको अनुभूति हुनु स्वाभाविक हुन्छ I स्वयम्भूको धेरै नाम भएतापनि पर्यटकहरुको आगमन बढ्दै जादा सन् १९७० तिर यसलाई मंकी टेम्पल पनि भनियो I
तर स्वयम्भुमा बाँदरहरु कसरि आए ? समय परिस्थिति अनुसार त्यहाँ ३०० देखि ६०० सम्म संख्यामा रहन गएका यी बाँदरहरु आफ्नो समूह बनाई बस्ने गर्दछन I महाचैत्य का बाँदर , मन्जुश्रीका बाँदर, भगवानपाउँका बाँदर ,आनन्दकुटी विहारका बाँदर, गीता मन्दिर परिसरका बाँदर, आदी I तर यी बाँदरहरु सुरु सुरुमा नागार्जुन बनबाट खानाको खोजि गर्दै आउने र फेरि उतै फर्कने गर्दथिए I
बालाजु र पाँचधारा बिचमा बस्ति बडेर खेति सुरु हुन थाले पछि स्वयम्भू आएका बाँदरहरु स्वयम्भूमै रही चैत्यमा चडाएका अछेता औं फलफुलमा रमाउन थाले र फर्कन छाडे Iस्वयम्भू र नागार्जुन बिचको जंगल नास भएर गयो तरपनि स्वयम्भूका जंगलमा भएका बृक्ष्यका फलफुल, किरा फट्यांग्रा पनि उनीहरुको स्वादिलो खाना भैरहेको थियो I फलस्वरूप उनीहरुले घर यतै बनाए I अर्को भनाइ सत्ययुगकै बेलाको छ जुनबेला यहाँ विभिन्न बोधिसत्त्वहरु स्वयम्भूको दर्शन गर्न आउथे I
यिनीहरु मध्य एक बिपस्वीबुद्ध थिए I उहाँ यहाँ स्वयम्भूको दर्शनगर्न आउनु हुदा वनमा नै ध्यान गरि बस्नु भएको थियो I उहाँको अंक रक्षक महाबली महांकाल पनि बुद्धको सुरक्ष्याका लागि अगाडी पहरेदार भइ बस्नु भएको थियो I त्यसै बेला अर्का महाबली हनुमानलाई बुद्धको दर्शन गर्न मन लागेकाले स्वयम्भूमा आउनुभयो I
तर बुद्ध ध्यानमा मग्नरहनु भएकोले ध्यानमा बाधा नहोस भनि भित्र जान दिएनन् I यतिकैमा हनुमानलाई रिसउठेकाले भित्र पस्न पाउन भना भन हुन लाग्यो I यस झगडामा हनुमानले बलिष्ट महांकाललाई आफ्नो डण्डाले माथिबाट हान्दा महांकाल पुड्का र भुडीदार बन्न पुगे I महाँकाल पनि के कम, उनले पनि रिसको झोकमा बलिष्ठ हनुमानलाई बेस्सरी धकिलिदिदा त्यस बेलासम्म दुई खुट्टे भैरहेका हनुमान भुइमा लडेर चार खुट्टे हुन पुगे र त्यसै बेला देखि स्वयम्भूमा रहन थालेको जन स्थुति छ I
स्वयम्भूमा महाबलिहरु
स्वयम्भूमा सर्पमणि
काठमाडौँ उपत्यकामा किवंदन्ती र कथाहरु इतिहाँसको एक अंग मानिंदै आउनुमा यस संग सम्बन्धित मूर्ति , चैत्य , मन्दिर , चौतारा कला , संस्कृति सहायक भैदिएका छन् I यि जिवन्त अवषेसहरुमा कुदिएका सिलापत्र तिनीहरुको बस्तबिक्तालाई येथार्थमा पुर्याउन सहायक सीद्ध छ I
यसैले यसको खोज खबर गर्नु औं सम्प्रेसन गर्नु , भुलेका कुराहरुलाई पुस्तालाई बताउदै जानु पनि राम्रै हुञ्छ I यस्तै एउटा चैत्य र यस संग सम्बन्धित सर्प मणि को चर्चा यहाँ गर्न लागिपरेको छु I हुनत सर्पको शिरमा मणि हुञ्छ भन्ने धेरै भएता पनि देख्ने कमै हुनेहुदा विश्वास गर्न गार्हो पर्दछ I तर संग्रहालयमा गईहेरेमा सर्पमणि यहिहो भनि उल्लेख भएको पाऊछोउ I स्वयम्भूमा यस्ता दुई उदाहरण छन् जसले सर्पमणि भएको बताउछ I
स्वयम्भूकोपूर्व ठूलो भर्याङ्ग चड्दै जादा या ओर्लदा तिन ठुला बुद्धका मूर्ति भएको ठाउँ मुन्तिर एक चैत्य छ I चैत्यको फेदमा सर्पले बेरेको डुंगाको आकार देखिञ्छ I गुभाजु एवं संस्कृतिबिध बाबुराजा बुद्धाचार्यले सर्पको मणि यहि पाईएको ले त्यस को संझनामा यो चैत्य निर्माण गरिएको हो भन्नु भएको थियो I कतिलाई यो कुरा थाहा होला कतिलाई थाहा नहुन सक्छ I विश्वास गर्नु या नगर्नु आफ्नै ठाउमा छ I
स्वयम्भूमा सर्पमणि पाइएको किवदन्तिको नाता पाटनका दुई दिदी बहिनी संग रहेछ I तन्डुकार परिवारका यी दिदी बहिनी एक घरमा बस्दै आएका रहेछन I आफ्नो घर नभएकोले बिहान सबेरै पहिलो डाकमा नै उठी स्वयम्भूको दर्शन गर्न जाने गरेका रहेछन I पाटनबाट स्वयम्भू निकै टाडा भएता पनि भाडाको घरमा बसीराखनु भन्दा घुमेर आउन जाति होला भनि दैनिक कार्य यसरि मिलाएका रहेछन दिदी बहिनीले I
सदाझै एकदिन पहिलो डाक मै उठी दिदी बहिनी पाटनबाट स्वयम्भूको दर्शनगर्न हिडे I त्यो समयमा बाटोमा बत्तिहुने कुरै भएन I स्वयम्भूको पूर्वको बाटोमा स्यानो गोरेटो मात्र थियो र जंगल घना थियो I स्यानो गोरेटो बाटो हुदै जंगलको बाटो छिचोल्दै अध्यारोमा पूर्व सीडीबाट उकालो लागोरहेको बेला एक ठाउँमा बाटोको छेवैमा गोबरले छोपेको ठाउबाट अध्यारोमा पनि उज्यालो प्रकास आइरहेको देखे र एक सर्प पनि छेवैमा मरेको अवश्थामा देखियो I
हो न हो यो सर्प मणि नै हुनुपर्छ भनि गोबर सहित उठाई नजिकैको भौचा खुशी (खोला)मा मणि पखाल्न लगे र पखालि सके पछि अब के गर्ने भनि बहिनीले दिदीलाई सोधने भए I बहुमूल्य बस्तु प्राप्त भएकोले दिदीले सो बस्तु घर लगि राख्ने विचार राख्दा उप्ता बस्तु फुत्त उडेर तल खोलामा झरन गयो I आफ्नो लापरवाही र दिदीले घर लाने कुरा गर्ने बितिकै अमूल्य बस्तु पानीमा खस्नगएकोले दुवै बिलौना गर्न लागे र अब फेरि पाएमा मन्दिरमा लगि चडाउने भन्दा उप्त बस्तु खोलाबाट फेरि फुत्त उडेर माथि आउदा समातेर स्वयम्भू ल्याई पुजारीलाई दिए I
स्वयम्भू वनमा नाग चैत्य
भुइखेल बाट स्वयम्भू वन हेर्दा पर्यटकहरु रमाइरहेको देखिन्छन I
पुजारीले उप्त बहुमूल्य सर्पमणी स्वयम्भूको गजूर माथि एक भाडामा राखि झुन्डाउन लगाई चडाई राख्न लगाए I उप्त मणि हालपनि त्यहाँ छ भन्ने गरिन्छ I मणि प्राप्त भए कै दिन कार्तिक महिनाको एक दिन मणि पाएको दिनको संझनामा बर्षेनी पाटनबाट बाजा बजाई स्वयम्भू आउने र तन्डुकार परिवारबाट स्तुपा माथि चडी मणी र भाडा सफाई गर्नुका साथै चतामरी चडाई तल एवं जंगलतिर फाल्ने, चडाउने चलन अहिले पनि छ I
यस अवसरमा मृत आत्माको सम्झनामा बाजा बजाई स्तुपा परिक्रमा गर्ने पनि गरिन्छ I सामान्यतया स्वयम्भूमा यस्तो खाले बाजा बजाउने चलन नभएता पनि सो दिन अलग खाले बाजा बजाईन्छ I खड्गीहरुले बजाउने यो बाजालाई न्याछी (नायखिं) बाजा भन्ने गरिन्छ I अर्कोतिर शान्तिपुर मन्दिरको अगाडी गुभाजू पुजा गरिरहनु हुने र खड्गीहरु न्याछी बजाई
उप्त मणि प्राप्त भएको स्थानमा बनाइएको चिबामा पाटन इखाछे निवासी पिता महब्यख्वा माता ज्ञान्था पुत्री हेरामाया सरिमाया भाजु भिमलाल कास्य गोत्र सम्बत १०७२ ने. स. लेखिएको छ I पूर्व भर्याङ्गबाट स्वयम्भू महा चैत्य जानु भएमा तिन बुद्ध मूर्ति भएको ठाउँ मुन्तिर सो चैत्यलाई पनि हेर्न नभुल्नु होला I अरुलाई पनि बताउनु होला I सुन्नेलाई सुनको माला भन्नेलाई फूलको माला यो कहावत अनुसार सर्पमणि नै भइ सर्प दिवस मनाई जाला I
- केशब श्रेष्ठ
प्रतिक्रिया