×

हात्तीको आक्रमणबाट झापामा एक जनाको ज्यान गयो

images

झापा। झापामा हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । शिवसताक्षी नगरपालिका वडा नम्बर ११ मा चार वटा हात्तीको समूहले घर भत्काउँदा टाउकोमा ब्लकले लागेर कृष्णकुमारी भण्डारीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

हात्तीले घर भत्काउने क्रममा शान्तिराम भण्डारी र उहाँकी श्रीमती कृष्णकुमारी भण्डारी घाइते हुनुभएकोमा उपचारका लागि अस्पताल पुर्‍याउँदादा श्रीमती कृष्णकुमारी भण्डारीको ज्यान गएको हो । शान्तिराम भण्डारीको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

आइतबार​ १७ पुस २०७९ ०३:०२ PM मा प्रकाशित

प्रतिक्रिया