×

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चीनलाई विमानस्थलको ऋणलाई अनुदानमा बदल्न आग्रह गरेका छन्

images

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विमानस्थल बनाउन लिएको ऋणलाई अनुदानमा परिणत गर्न चीन सरकारसँग आग्रह गरेका छन् ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन समारोहमा सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । यस विमानाथलमा चिनियाँ एक्जिम बैंकले ७५ प्रतिशत ऋण लगानी गरेको छ भने २५ प्रतिशत चीन सरकारले अनुदान दिएको छ ।


कार्यक्रममा मुख्यमन्त्री पोखरेलले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने ४७ वर्ष पहिलेको सपना पुरा भएको बताए । उनले विमानस्थल बनेर मात्रै नहुने भन्दै विमानस्थलबाट अरब, भारत, मलेसिया लगायतका मुलुकमा  जान पाउनुपर्ने र जनताले त्यही चाहेको सुनाए ।

आइतबार​ १७ पुस २०७९ ०२:५२ PM मा प्रकाशित

प्रतिक्रिया