काठमाडौ । १५ पुस : बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले गुरुङ जातिको पर्व तमु ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका तमु समुदायका दाजुभाइ–दिदिबहिनी तथा समस्त नेपालीमा सुख,शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।
तमु ल्होसारका अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा प्रदेशप्रमुख शर्माले ल्होसारलगायत मौलिक पर्वले नेपाली समाजलाई एकापसमा एकताबद्ध गरी सुसंस्कृत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ ।
प्रतिक्रिया