×

राजनीतिक किचलोमै बित्यो सन् २०२२

images

काठमाडौं । नेपालको राजनीतिक क्षेत्रका लागि सन् २०२२ निकै महत्त्वपूर्ण रह्यो । यो वर्ष तीनवटै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न मात्र भएन, मतदाताले मतदानमार्फत आफ्ना रोजाइका जनप्रतिनिधि छनोटसँगै परम्परागत राजनीतिक दललाई खबरदारीसमेत गरे ।

भलै जनताको छनोटमा विविधता हुँदा संसद् त्रिशंकु बन्न पुग्यो र यसले भविष्यमा अस्थिरताको संकेत पनि दिएको छ । तर लोकतन्त्रको प्राण भनिने आवधिक निर्वाचन स्वतन्त्र र सफलतापूर्वक सम्पन्न हुनु आफैंमा एउटा उपलब्धि हो ।

नेपालमा आन्तरिक राजनीतिभन्दा पनि त्यसलाई असर गर्ने बाह्य प्रभाव हाबी हुने चर्चा जहिल्यै हुने गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न भएलगत्तै नयाँ सरकार निर्माणको प्रक्रिया सुरु हुँदै गर्दा पनि त्यस्ता बाह्य चलखेल भएको विषयले चर्चा पायो ।

पहिलेको सत्ता गठबन्धनमा एकाएक आएको फेरबदलले त्यस्ता दाबीलाई निश्चय नै बल पुर्‍याउने काम गरेको छ । तथापि यस्ता विषय स्वतन्त्र पुष्टि गर्न गाह्रो हुने भएकाले सधैं रहस्यको गर्भमै रहने गरेका छन् ।

यो वर्ष छिमेकी तथा मित्रराष्ट्रहरूसँग नेपालको सम्बन्ध पनि शंकाको घेराभन्दा बाहिर आउन सकेन । आजको नागरिक दैनिकबाट

शनिबार १६ पुस २०७९ ०९:२९ AM मा प्रकाशित

प्रतिक्रिया