पोखरा । पोखरा महानगरपालिकाले २८ जना कर्मचारीलाई हटाउने निर्णय गरेको छ । आज बसेको ३६औं कार्यपालिका बैठकले उनीहरुलाई तिहारलगत्तै हटाउने निर्णय गरेको हो । गत पुस २९ गते महानगरको कार्यपालिका बैठकले अन्तिम पटक कात्तिकसम्मको म्याद थपेको थियो ।
यसअघि पुसमा बसेको बैठकले साउन १ गतेदेखि बिदा गर्ने निर्णय गरेको थियो । तर एमालेले सहमति नगरेपछि पुनः असोजसम्मको म्याद थपिएको थियो । उक्त निर्णय कार्यान्वयन गर्न महानगरमा सेवारत १० जना इन्जिनियर र १८ जना सबइन्जिनियरलाई हटाउने आजको कार्यपालिका बैठकले निर्णय गरेको हो ।
प्रतिक्रिया