×

काठमाण्डौं ९ प्रदेश (क) मा कांग्रेस नेता रायमाझीको उम्मेदवारी प्रस्तुत

images

काठमाडौं । नेपाली कांग्रेस क्षेत्रीय कार्यालयले आगामी मंसीर ४ मा हुने प्रदेश र संघीय निर्वाचनमा उम्मेदवार हुन आकांक्षी उम्मेदवारको नाम आव्हान गरेसँगै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ प्रदेश (क) प्रदेश सभा सदस्यको लागि प्रभावशाली युवा नेता रमेश रायमाझीले उम्मेदवारी प्रस्तुत गरेका छन् । 

विद्यार्थी राजनीतिबाट २०४५ सालमा राजनीतिमा प्रवेश गरेका रायमाझी २०५७ सालमा नेपाल विद्यार्थी संघ (नेविसंघ) जनप्रशासन क्याम्पस इकाइ सभापति भएका थिए । यसैगरी २०६३ मा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका रायमाझी नेपाली कांग्रेसको १२ औं महाधिवेशनबाट काठमाडौं क्षेत्र नम्बर ९ को क्षेत्रीय सचिव चयन भएका थिए । रायमाझी हाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट मनोनित क्षेत्रीय सदस्य हुन् । 

सन् २०१० देखि अखिल नेपाल फुटबल संघ(एन्फा) को केन्द्रीय सदस्य रहेका रायमाझी राष्ट्रिय फुटबल टिमको व्यवस्थापक र एन्फा फुटसल समितिको अध्यक्ष भएर काम गरिसकेका छन् । 

विभिन्न सामाजिक गतिविधिहरुमा समेत सक्रिय रायमाझी युवाहरुकाबीच अत्यन्तै लोकप्रिय नेता मानिन्छन् । 

बुधबार १५ भदौ २०७९ १२:१३ PM मा प्रकाशित

प्रतिक्रिया