नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारले २०७९/८० का लागि ल्याएको बजेट सत्तारुढ दलको चुनावी घोषणापत्र जस्तै भएको बताउनु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सुरु भएको छलफलमा उहाँले बजेट सत्तारुढ गठबन्धनको चुनावी घोषणापत्र र चुनावी प्रचार जस्तो देखिएको बताउनुभयो । उहाँले मतदातालाई झुक्क्याएर भोट बटुल्ने हिसाबले बजेट सार्वजनिक गरिएको भन्दै सरकारको टिप्पणी गर्नुभयो ।
राज्यको स्रोतलाई दुरुपयोग गर्दै आफ्ना मतदाता रिझाउनका लागि मात्रै बजेट ल्याइएको उहाँको आरोप छ । उहाँले बजेटमा अर्थतन्त्रको चुनौतीलाई बेवास्ता गरिएको पनि आरोप लगाउनुभयो । अस्ति अर्थमन्त्री जर्नादन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको थियो ।
प्रतिक्रिया