×

कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प छैन - देव गुरुङ

images

बुटवल । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालका सबै वामपन्थी दलहरुलाई मिलाएर एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्ने बताएका छन् । तमु ल्होसार कार्यक्रममा सहभागी हुन रुपन्देही आएका गुरुङले शुक्रबार भैरहवामा पत्रकारहरूसँग कुराकानी गर्दै नेपालका कम्युनिष्ट पार्टीहरु एक ठाउंमा उभिनुको विकल्प नभएको बताए ।  

सञ्चारकर्मीसँग कुरा गर्दै उनले सबै कम्युनिष्ट घटकहरूबीच सहमति र सहकार्य आवश्यक रहेकाले देशमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका हुन् । कम्युनिष्टको एकताबिना प्राप्त राजनीतिक उपलब्धिको रक्षा नहुने भन्दै उनले संसदभित्र र बाहिर रहेका कम्युनिष्टबीच आपसी संवाद र छलफलबाट एउटै कम्युनिष्ट पार्टी बनाउनुपर्नेमा जोड दिए । 


वामपन्थी दलहरु एकतावद्ध नभए गणतन्त्र,संघीयता, धर्मनिरपेक्षता जस्ता उपलब्धि गुम्दै जाने गुरुङको दावी छ । ‘सदनभित्र र बाहिर रहेका कम्युनिष्ट घटकहरूबीच सहमति, संवाद गरी एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लाग्नुपर्छ’-गुरुङले भने–‘सबै कम्युनिष्ट घटकहरू मिलेर एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेका छौं ।’
 

शुक्रबार​ १५ पुस २०७९ ०५:४१ PM मा प्रकाशित

प्रतिक्रिया