×

ओली र लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश, रिहाइको आदेश दिन अस्वीकार

images

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रिहाइको आदेश दिन अस्वीकार गरेको छ।

रिहा गर्न माग गर्दै पत्नी राधिकाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाउ आदेश जारी गर्दै रिहाइको आदेश दिन अस्वीकार गरेको हो।न्यायाधीश मेघराज पोखरेलकोे एकल इजलासमा भएको प्रारम्भिक सुनुवाइपछि सरकारका नाममा कारण देखाऊ आदेश जारी भएको हो। 

अदालतले तत्काल रिहाइ नदिएपछि ओलीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान जारी राख्न पाउने भएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको रिटमा पनि सर्वोच्चले यस्तै आदेश दिएको थियो।

आदेशमा भनिएको छ, ‘निवेदकलाई जरूरी पक्राउपूर्जि जारी गर्नुपर्ने उल्लिखित दफाको पूर्वावस्था रहे/नरहेको के हो ? जवाफ आउने गरी लिखितजवाफ पेस गर्न लगाउनू ।’ न्यायाधीश पोखरेलले पूर्वगृहमन्त्रीको निवेदनमा अर्का न्यायाधीश कुमार रेग्मीले दिएको आदेशमा झैं कार्की आयोगको प्रतिवेदन पेश गर्नू र इजलासमा देखाएर लैजानू भनेका छन् ।

अनि उस्तै प्रकृतिको विषयवस्तुमा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेको र त्यो विरुद्धको निवेदन समेत रहेको भन्दै सर्वोच्च अदालतले दुवैलाई एकसाथ पेश गर्न आदेश दिएको हो ।

सोमबार १६ चैत २०८२ ०७:४६ PM मा प्रकाशित

प्रतिक्रिया