×

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको निधन

images


काठमाडौं। उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासेनीको निधन भएको छ ।

हृदयघातका कारण उनको निधन भएको जानकारी पाएपछि आफू नेशनल हस्पिटल कलंकी पुगेको उच्च अदालत पाटनका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए ।
उनी अघिल्लो साता मात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

मङ्गलबार १६ माघ २०८० ०४:३५ PM मा प्रकाशित

प्रतिक्रिया