×

निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी

images

काठमाडौं । निर्वाचन प्रक्रिया बन्द गर भन्दै निर्वाचन आयोग परिसर भित्रै नाराबाजी भएको छ । जेनजीको माग पूरा गर्न माग गर्दै युवाहरुले प्रधानमन्त्री सुशीला कार्कीको  राजीनामा माग गरेका छन् ।

उनीहरुले निर्वाचन धोका हो भन्दै नाराबाजी गरिरहेका छन् । निर्वाचन प्रक्रिया बन्द गर्न माग गर्दै युवाहरुले ‘निकास अनि निर्वाचन’ भन्दै नाराबाजी गरिरहेका छन् । नाराबाजी भएपछि सुरक्षाकर्मीहरूले उनीहरूलाई आयोग परिसरबाट बाहिर निकालेका छन् । 

सोमबार १४ पुस २०८२ ०६:३६ PM मा प्रकाशित

प्रतिक्रिया