हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जेएन थपलिया सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले थपलियालाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको हो ।
चितवन क्षेत्र नम्बर १(१) बाट विजयी थपलियालाई संसदीय दलको बैठकले सर्वसम्मत दलको नेतामा चयन गरेको हो । थपलिया यसअघि डोरमणि पौडेल नेतृत्वको सरकारका प्रमुख राजनीतिक सल्लाहकारको रूपमा कार्यरत थिए । बागमती प्रदेश सभामा प्रत्यक्षतर्फ निर्वाचित १३ जना र समानुपातिकतर्फ १४ जना गरि २७ जना सांसद छन् ।
प्रतिक्रिया