काठमाडौं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गरेको छ। चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नेपाल राष्ट्र बैंकले नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावत राखेको हो। मौद्रिक सूचकहरू सकारात्मक देखिँदा राष्ट्र बैंकले विद्यमान व्यवस्थाहरु यथावत राखेको हो।
“मौद्रिक नीतिको विद्यमान नीतिगत दरलाई पाँच प्रतिशत, ब्याजदर करिडोर अन्तर्गतको तल्लो सीमाका रुपमा रहेको निक्षेप संकलन दरलाई तीन प्रतिशत र ब्याजदर करिडोरअन्तर्गतको माथिल्लो सीमाको रुपमा रहेको बैंक दरलाई साढे छ पाँच प्रतिशतमा यथावत राखिएको छ”, मौद्रिक नीतिको समीक्षमार्फत् राष्ट्रबैंकले भनेको छ।
गत साउनमा सार्वजनिक मौद्रिक नीतिको कार्यदिशालाई नै निरन्तरता दिइएको छ । नीतिबाटै मूल्य स्थिरता तथा वाह्य क्षेत्र स्थायित्व कायम राख्दै आर्थिक क्रियाकलाप विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको गरिएको राष्ट्र बैंकले जनाएको छ । मुद्रास्फीतिको जोखिम यथावत भएकाले मौद्रिक नीतिको कार्यदिशा थप लचिलो बनाउने अवस्था नभएको राष्ट्र बैंक आर्थिक अनुसन्धान विभाग प्रमुख डा. गुणाकर भट्ट बताउँछन् ।
‘भारतको मुद्रास्फीति बढेको छ । अन्तर्राष्ट्रिय भूराजनीतिक तनाव यथावत छन् । त्यसले कुनै पनि समयमा सप्लाई चेनमा अवरोध सिर्जना हुन सक्छ,’ भट्ट भन्छन्, ‘भारतसँगको स्थिर विनिमयदर र भारतमा बढ्दो मुद्रास्फीतिका कारण जोखिम रहेकाले थप लचिलो हुन सक्ने अवस्था छैन ।’
बैंकले मौद्रिक नीतिमा गरेको नीतिगत दरलाई ५ प्रतिशत, निक्षेप संकलन दरलाई ३ प्रतिशत र बैंक दरलाई ६.५ प्रतिशतमै राखेको छ। १२.५ प्रतिशत कर्जा विस्तारको लक्ष्यसहित राष्ट्र बैंकले मौद्रिक नीति लचिलो ल्याएको थियो। पहिलो त्रैमासमा पर्याप्त तरलता, बढ्दो विदेशी विनियम सञ्चिति, कर्जा प्रवाह, मुद्रास्फीतिको अवस्था हेरेर यसपटक नीतिगत हेरफेर नगरी पुरानै व्यवस्था कायम राखेको हो।
समीक्षाको पूर्ण पाठ
प्रतिक्रिया