×

चार प्रदेशमा भारी वर्षाको सम्भावना

images

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

देशभर मंगलबार पनि साधारणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम ३१ दशमलव ३ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । काठमाडौंमा पछिल्लो २४ घण्टामा ३३ दशमलव ५ मिलिमिटर वर्षा भएको छ यो अवधिमा सबै भन्दा धेरै लुम्लेमा १४१ दशमलव ९ मिलिमिटर वर्षा भएकोे विभागले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

सोमबार १४ साउन २०८१ ०९:२६ AM मा प्रकाशित

प्रतिक्रिया