 
                        काठमाडौं । जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता पुनःप्राप्त गरेका रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पुनःस्थापित हुने भएका छन् । आजै केन्द्रीय समिति बैठक बसेर उनलाई सभापति बनाउने तयारी गरिएको हो ।
आजको बैठकमा पार्टी सभापतिमा पुन: लामिछानेलाई जिम्मेवारी दिनेबारेमा पनि छलफल हुनेछ। शुक्रबार नागरिकता मुद्दामा सर्वोच्च अदालतले लामिछानेको सांसद पद बदर गरिदिएसँगै पार्टी सभापति पदसमेत गएको थियो।
लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता लिइसकेका छन्। लामिछानेले नागरिकता लिएसँगै पार्टी केन्द्रीय समिति बैठक बोलाइएको हो। दिउँसो ३:३० बजे केन्द्रीय समिति बैठक बोलाइएको स्रोतले जानकारी दियो । सो बैठकमा रविलाई सभापति बनाउने प्रस्ताव पारित गर्ने स्रोतको भनाइ छ ।
यसअघि रास्वपाले उपसभापति डोलप्रसाद अर्याललाई कार्यबहाक सभापति बनाएको थियो।
प्रतिक्रिया