×

प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज साँझ सरकारी निवास बालुवाटार सरेका छन् । ज्योतिषले जुराएको साईतअनुसार नै प्रधानमन्त्री दाहाल आज साँझ ६ः४५ बजे बालुवाटार प्रवेश गरेका हुन् ।


सो क्रममा बालुवाटारको सरकारी निवासको चाबी सरकारी अधिकारीहरुले प्रधानमन्त्री दाहालकी कान्छी छोरी गंगा दाहाललाई हस्तान्तरण गरेका थिए ।

बुधबार १३ पुस २०७९ ०७:३८ PM मा प्रकाशित

प्रतिक्रिया