काठमाडौँ- मकवानपुरमा प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनअन्तर्गत ३१ हजार चार सय ७४ मत बदर भएको छ । जिल्लामा प्रदेश र प्रतिनिधि सभामा खसेको कुल मतमध्ये उक्त संख्यामा मत बदर भएको बागमती प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा अभावका कारण यस्तो भएका कारण देशका अन्य स्थानमा समेत ठूलो संख्यामा मत बदर भएका पाइएको हो । मकवानपुरमा यस पटकको तीन लाख सात सय ३३ मतदातामध्ये एक लाख ७८ हजार दुई सय ८२ जना मात्र मतदानमा सहभागी भएका थिए ।
मतदाता शिक्षा सञ्चालन भएपनि ठूलो संख्यामा मत बदर हुनु आश्चर्यजनक भएको निर्वाचन कार्यालयले उल्लेख गरेको छ । कार्यालयका अनुसार मकवानपुरका १० वटा स्थानीय तहका एक सय २२ वडामा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको थियो ।
यहाँ दुई निर्वाचन क्षेत्र छन् । जसमध्ये मकवानपुर १ राप्रपाका दीपक सिंह र मकवनापुर २ एमालेका महेस गर्तौला विजयी भएका थिए ।
प्रतिक्रिया