मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मेष राशिको जातकको लागि आजको दिन आकस्मिक अर्थलाभ हुनेछ । दाम्पत्य जीवनमा खुसियाली र सुखद यात्रा हुने छ । स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ । घर परिवारबाट सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुनेछ । नयाँ कामको थालनी समेत हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) – आजको दिन मानसम्मान मिल्नेछ । शत्रुमाथि विजय प्राप्ति हुनेछ । आर्थिक लाभ हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा सोच पुर्याउनु होला । आजको दिन चन्द्रमाको साथ रहेको छ । त्यसैले सूर्यनारायणको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज शुरुवात गरेको काम समयमा सकिनेछ ।
मिथुन (क, कि, कु, घ, ङ, छ, के, को, ह) – आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने अलि कष्ट हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य काममा चासो नदिनु वेश हुनेछ ।
कर्कट (हि, हू, हे, हो, डा, डि, डु, डे, डो) – आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्याका कारण मनमा अनेक चिन्ता हुनसक्छ । आजको दिन मौन रहनु भलो हुनेछ । कसैसँग पनि वादविवाद गर्दा तपाईको लागि अपमान हुनसक्छ । त्यसैले घर परिवार, मित्रमण्डलीहरुसँग विवाद हुने काम नगर्नु नैं वेश हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ ।
कन्या (टो, प, पी, पू, ष, ण, ठ, पे, पो) – मानसिक असन्तोष, परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा आउनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोच र देवालय शिवालयको दर्शन गर्नुहोला ।
तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) – तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । चन्द्रमाको साथ रहेको छ । विहानको सूर्योदयको दर्शन गर्नुहोला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुने काम नगर्नुहोला ।
धनु (ये, यो, भा, भी, भु, ध, फा, ढ, भे) – व्यापार व्यवसायबाट लाभ हुनेछ । सन्तानबाट साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ ।
मकर (भो, जा, जी, जू, जे, जो, ख, खि, खु, खे, खो, गा, गी) – सातामा आजको दिन कार्यसिद्धि हुनेछ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, द) – कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यहरुले तपाईको कामको अबमूल्यन गर्नसक्छन् ।
मीन (दी, दु, थ, झ, ञ, दे, दो, च, ची) – सूर्योदयको दर्शन गर्न उत्तम हुनेछ । परिवारबाट छुट्निु पर्ने हुनसक्छ । यात्राको लागि अवसर आउनसक्छ । तपाईले सोचअनुसारको काम हुनेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । अध्ययन अध्यापनमा केही अवरोध आउनसक्छ । साँझको समयमा देवालय र शिवालयको यात्रा गर्दा मनमा शान्ति प्राप्त हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ ।
प्रतिक्रिया