काठमाडौं । आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्दै छ ।
बैठक अपराह्न ४ बजे बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ ।
गएको शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधिसभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँडका विषयमा छलफल भएको थियो । दलहरूले आ–आफ्नै दाबी प्रस्तुत गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिएका थिए ।
सबै विषयमा छलफल गरी कार्यदलले छिट्टै शीर्ष तहलाई प्रतिवेदन बुझाउने कार्कीले बताए । निर्वाचनको साझा अवधारणा पनि कार्यदलले नै बनाउने उनको भनाइ छ ।
प्रतिक्रिया