×

राष्ट्रपतिले फिर्ता गरेकाे नागरिकता विधेयककाे सन्देश राष्ट्रिय सभामा टेबुल

images

राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्नुभएको नागरिकता विधेयकको सन्देश राष्ट्रिय सभामा टेबुल भएको छ । यसअघि सङ्घीय संसद्का दुवै सदनबाट पारित भएर राष्ट्रपति कार्यालयमा पुगेको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले सन्देशसहित फिर्ता गर्नुभएको थियो ।

राष्ट्रिय सभाको आजको बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा लेखेको सन्देश वाचन गर्नुभएको हो । राष्ट्रपतिले प्रमाणीकरणका लागि प्राप्त भएको १४ दिनपछि गएको साउन २९ गते प्रतिनिधि सभामा फिर्ता पठाउनुभएको थियो । फिर्ता भएको विधेयकलाई प्रतिनिधि सभाले भदौ २ गतेको बैठकबाट जस्ताको तस्तै पारित गरेको थियो । प्रतिनिधि सभाबाट पारित भएपछि विधेयक राष्ट्रिय सभामा पुगेको हो ।

राष्ट्रिय सभाको आजकै बैठकमा प्रतिनिधि सभाबाट विधेयक पारित भएको सन्देश पनि सुनाइने कार्यसूची छ । 

आइतबार​ १२ भदौ २०७९ ०१:४७ PM मा प्रकाशित

प्रतिक्रिया