×

‘नेकां (विपी) राष्ट्रिय पार्टी बन्छ’

images

नेपाली कांग्रेस (विपी)का केन्द्रीय सभापति सुशीलमान शेरचनले आगामी निर्वाचनबाट आफ्नो पार्टी राष्ट्रिय पार्टी बन्ने बताउनुभएको छ । उहाँले आज पत्रकारसँग सङ्क्षिप्त कुराकानी गर्दै नेकां(विपी)ले सङ्घीय संसद्को एक सय ६५ निर्वाचनमा उम्मेदवार उठाउने र अत्यधिक स्थानमा विजयी हुने दाबीसमेत गर्नुभयो । 

सभापति शेरचनले पार्टीले मुलुकमा सुशासन कायम गर्न, गरिबी निवारण, राष्ट्र र राष्ट्रियता जोगाउने उद्देश्यमा लाग्ने विश्वास दिलाउनुभयो । पार्टीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले पार्टीले अहिले ७७ जिल्लामा सङ्घीय संसद् र प्रदेशसभाको उम्मेदवार तय गर्न, विभिन्न पार्टीका कार्यकर्तालाई प्रवेश र कार्यकर्ता भेलाको आयोजना गरिरहेको जानकारी दिनुभयो । उहाँले विपीले अङ्गिकर गरेको बाटोमा पार्टी सञ्चालन भइरहेको दाबी गर्दै लोकतन्त्रमा जनताको समृद्धि मुख्य कार्यसूची भएको धारणा राख्नुभयो ।

आइतबार​ १२ भदौ २०७९ ०८:०७ PM मा प्रकाशित

प्रतिक्रिया