×

संसद भवन अगाडि बम

images

नयाँ बानेश्वरस्थित संसद भवन अगाडि बम जस्तो देखिने शंकास्पद वस्तु भेटिए छ  ।

शंकास्पद वस्तु भेटिएपछि उक्त क्षेत्रलाई सुरक्षा दिइएको छ । मुख्य सडक बन्द गरिएको छ । प्रहरीका अनुसार सोमबार ११ बजे प्रेसर कुकर भेटिएको हो। उक्त वस्तु बम भएको आशंकामा डिस्पोज गर्ने तयारी भइरहेको छ। 


प्रेसर कुकुरजस्तो देखिने शंकास्पद वस्तुमा नो एमसीसी लेखिएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।

सोमबार १६ फागुन २०७८ १२:१७ PM मा प्रकाशित

प्रतिक्रिया