×

अनन्त ब्राह्मण्डीय महायज्ञ -२०८०"को आयोजना गरिने 

images

 

काठमाडौं। धार्मिक कार्यक्रमका माध्यमबाट सामाजिक रुपान्तरण गर्ने र जलको संरक्षण गर्ने उदेश्यसहित "अनन्त ब्राह्मण्डीय महायज्ञ -२०८०"को आयोजना गरिने भएको छ । 

सर्वसिद्धिधाम, पन्चकोट, बागलुङमा आगामी २०८० फागुन ९-२३ (21 Feb-6 Mar, 2024) गतेसम्म आयोजना गरिने यस महायज्ञमा दस लाख बढी भक्तजनको उपस्थिति हुने अनुमान गरिएको छ । श्रीकृष्णागण्डकी, शालग्राम र समग्र मुक्ति क्षेत्रको महिमालाई लोकोत्त गर्ने, गोवंशको संरक्षण गर्ने र गर्न प्रेरणा प्रदान गर्ने, पंचकोटमा जलसम्पदा संरक्षणको प्रतीक स्वरुप निर्माणाधीन विश्वशान्ति गण्डकी कलशको निर्माणलाई पूर्णता दिने, नैतिक, शिष्ट, समुन्नत र सच्चरित्रवान समाजको पुनर्जागरण गर्ने र यज्ञमा शेष रहेको रकम सर्वसिद्धिधाम पन्चकोटको सर्वाङ्गीण विकासमा प्रयोग गर्ने यस महायज्ञको उदेश्य रहेको छ ।

 आज २०८० माघ १३ गते शनिबार आनन्द भवन पशुपति तिलगंगा काठमाडौमा जल संरक्षण महाअभियान अन्तर्गत आनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८० हुने जानकारी एवम् सत्सग कार्यक्रम सम्पन्न भयो । जल र प्रकृति संरक्षणका लागि सचेतना फैलाउने उद्देश्यले महायज्ञको आयोजना गरिने भएको छ ।मुक्तिनाथ पीठाधीश मुक्ति नाथबाबा कमलनयनाचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा महायज्ञसँगै अन्य विविध क्षेत्रका बारेमा विचार विमर्शसमेत हुने जानकारी गराइयो ।कार्यक्रममा बोल्दै,  वरिष्ठ चिकित्सक डा. भोला रिजालले कालीगण्डकीको जल प्रदूषणबारे चिन्ता व्यक्त गर्नुभयो । शालिग्राम चोरी पैठारी र जल प्रदुषणबारे अब पनि चासो नदिए ठूलो क्षेती बेहोर्नुपर्ने उहाँको भनाई रह्यो ।

त्यस्तै, कार्यक्रममा पूर्व प्रधानन्यायाधीस कल्याण श्रेष्ठले आध्यामिक ज्ञानसँगै प्राकृतिक संरक्षणको काम निकै प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।पूर्व प्रधानन्यायाधीश गोपाल पराजुलीले कालीगण्डकी जस्तो पवित्र अन्य देश कतै नभएको भन्दै त्यसलाई जोगाउन लागि नपरे भोली नास हुने बताउनुभयो । कार्यक्रममा पूर्व मुख्य सचिव मुकुन्द शर्मा पौडेल, क्याप्टेन रामेश्वर थापालगायतले आआफ्नो मन्तव्य राख्नुभएको 
थियो ।

रंगकर्मी एवम् आख्यानकार किशोर पहाडीले धेरै पहिला त्यहाँ पुगेर नदीबाटै शालिग्राम ल्याएर घरमा पुज्ने गरिएको छ ।अहिलेमाथिसम्म पनि शालिग्राम पाइदैन भन्ने सुनेको छु ।गण्डकी दोहन भएको छ, कवि आर के अदिप्त गिरि यो अभियानमा छन् । मलगायत हामी साहित्यकार पनि यो अभियानमासंगै रहेको जानकारी गराउँदछु भन्नू भयो ।मुक्तिनाथ पीठाधीश मुक्ति नाथबाबाले पशुपतिनाथ, मुक्तिनाथ र राष्ट्रको महिमासहित विश्व शान्ति कामनाको लागि यो महायज्ञ गर्न लागेको बताउनु भएको थियो ।उपस्थित सबैलाई बाबाबाट रुद्राक्षको माला लगाइदिएर आशिर्वाद प्रदान गरिएको थियो । कार्यक्रम संचालन र सहजीकरण कवि संचारकर्मी ठाकुर बेल्बासेबाट भएको थियो ।

 

आइतबार​ १४ माघ २०८० ११:०२ AM मा प्रकाशित

प्रतिक्रिया