×

नयाँ मन्त्रीद्वारा शपथ ग्रहण

images

नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । हिजो नेकपा एकीकृत समाजवादीबाट मन्त्री हेरफेर भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो ।

एकीकृत समाजवादीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री, मेटमणि चौधरी सहरी विकास मन्त्री, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री बन्नु भएको छ ।

नेकपा एकीकृत समाजवादीले गएको जेठ २२ गते नै मन्त्री फिर्ता बोलाएर सरकारमा नयाँ मन्त्रीलाई पठाउने निर्णय गरेको थियो । त्यसैदिन मन्त्री बन्ने नेताहरुको नाम प्रधानमन्त्रीलाई बुझाए पनि तीन हप्तापछि मन्त्रिपरिषद् पुनर्गठन भएको हो ।

सोमबार १३ असार २०७९ १२:१८ PM मा प्रकाशित

प्रतिक्रिया