×

कर्णाली प्रदेश सभा बैठक नसबेरै स्थगित

images

कर्णाली प्रदेश सभाको बैठक आज साेमवार नबसेर नै स्थगित भएको छ । 

हिजाे आइतवार प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमाथि असन्तुष्टि जनाउँदै बैठकमा अवराेध गरेपछि आज दिउँसाे ३ बजेसम्मका लागि स्थगित भएको थियो । प्रदेश सभा सचिव जीवराज बुढाथोकीले भोलि मङ्गलवारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिनुभयो ।

आज बिहान सर्वदलीय बैठक बसे पनि कुनै निष्कर्ष निस्कन नसकेपछि प्रदेश सभा बैठक भाेलिसम्मका लागि स्थगित गरिएको हो । 

प्रदेश सरकारले एकलौटी, असन्तुलित, र प्रतिपक्षसँग गरेको सम्झौता विपरीत बजेट ल्याएको भन्दै एमालेले विरोध गरेको छ । 

सोमबार १३ असार २०७९ ०६:१६ PM मा प्रकाशित

प्रतिक्रिया