×

स्वयम्भू र हनुमान ढोकालाई जोड्ने 'हेरिटेज' मार्ग बनाउँछु : मन्त्री श्रेष्ठ

images

 मन्त्रिपरिषद् पुनर्गठनपछि आज सोमवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेलाई आज सोमवार मन्त्रालयबाट बिदाइ गरिएको छ । बिदाइ कार्यक्रममा पर्यटन सचिव महेश्वर न्यौपानेले निवर्तमान मन्त्री आले कर्मचारीतन्त्रका लागि गौरव गर्नुपर्ने मन्त्री भएको बताउनुभएको छ । 

नयाँ मन्त्री जीवनराम श्रेष्ठको स्वागत कार्यक्रमअघि मन्त्रालयको सभा कक्षमा आयोजित बिदाइ समारोहमा सचिव न्यौपानेले मन्त्री आलेको झन्डै नौ महिने कार्यकालमा समग्र कर्मचारी र मन्त्रालयको प्रतिष्ठा बढेको बताउनुभयो । ‘उहाँ डर, दबाब, धम्की, आर्थिक प्रलोभनमा कहिल्यै पर्नुभएन । मनमा लागेको कुरा जे हो भनिहाल्नु हुन्थ्यो । कर्मचारीलाई दबाब पनि कहिल्यै दिनुभएन’, सचिव न्यौपानेले भन्नुभयो, ‘हुने कामलाई हुन्छ भन्नुहुन्थ्यो भने नहुने कामलाई हुन्न भन्नुहुन्थ्यो । त्यसैले होला उहाँलाई जनताले एक्शन मन्त्रीको उपाधि दिएको ।’

सचिव न्यौपानेले मन्त्री आले जति दिन मन्त्रालयमा बस्नुभयो उति दिन जनताको पक्षमा काम गरेको बताउनुभयो । बिदाइ कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री आलेले आफ्नो पहिलो प्राथमिकता जहिल्यै सरकार र जनताको पक्षमा रहेको उल्लेख गर्दै अबको समय पनि त्यसमै खटिरहने बताउनुभयो । 

उहाँले नयाँ मन्त्री जीवनराम श्रेष्ठलाई पनि आफूलाई जस्तै सहयोग गरेर जनताको नजरमा वाहवाही बटुल्न सक्ने बनाउन कर्मचारीलाई आग्रह दिनुभएको थियो । 

सोमबार १३ असार २०७९ ०६:३० PM मा प्रकाशित

प्रतिक्रिया