नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले काठमाण्डौ महनगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहलाई बधाई तथा शुभकामना दिनुभएको छ ।
नेपालले काठमाण्डौलाई उत्कृष्ट सहर बनाउने लगायत मेयर साहका सबै योजनामा सहयोग एवम् सहकार्य गर्न आफ्नाे पार्टी सधैँ तयार रहेको बताउनु भएको छ ।
साथै, उहाँले काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित उपमेयर, वडाध्यक्षहरू तथा सम्पूर्ण जनप्रतिनिधिहरूलाई पनि सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
प्रतिक्रिया