×

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय पोसाकमा शपथ लिने

images

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौरा सुरुवाल लगाएर प्रधानमन्त्री पदको शपथ ग्रहण गर्ने तयारी गरेका छन् । खुमलटार स्रोतका अनुसार शपथ ग्रहण समारोहमा प्रचण्ड दौरा–सुरुवाल लगाएर सहभागी हुने भएका हुन् । 

स्रोतका अनुसार सोह्रखुट्टेस्थित एक टेलरिङ सेन्टरमा उनको दौरा सुरुवाल सिलाउन दिइएको छ । प्रचण्डले दौरा सुरुवाल लगाएको देखिएको छैन । उनले प्रायः सुट लगाउने गरेका छन् ।

स्रोतका अनुसार प्रचण्डलाई नेकपा एमाले अध्यक्ष केपी ओलीले राष्ट्रिय पोसाकमा शपथ लिन सुझाव दिएका थिए ।  हिजो सोहखुट्टेको एक टेलरलाई बोलाएर दौरा सिलाउन लगाइएको छ । माओवादी मन्त्रीले पनि दौरा सुरुवालमा शपथ खाने छन् 

सोमबार ११ पुस २०७९ १०:५९ AM मा प्रकाशित

प्रतिक्रिया