×

प्रधानमन्त्रीमा नियुक्त भएकोमा प्रचण्डलाई भारतीय प्रधानमन्त्री मोदीले दिए बधाई

images

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन्। मोदीले आइतबार ट्वीट गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएकोमा बधाई दिएका हुन्।

प्रचण्डले भोलि अपरान्ह ४ बजे शपथ लिने कार्यक्रम तय भएको छ। सामाजिक सञ्जालमार्फत मोदीले नेपाल र भारतबीचको सम्बन्ध सांस्कृतिक रुपमा मजबुद र जनस्तरमा पनि प्रगाढ रहेको उल्लेख गर्दै आगामी दिनमा अझ सम्बन्ध र दुई देशबीचको मित्रता बलियो बनाउने विश्वास दिलाएका छन् ।

 

सोमबार ११ पुस २०७९ ०८:२१ AM मा प्रकाशित

प्रतिक्रिया