×

गठबन्धन दलले समानुपातिक मत तलमाथि गर्न सक्छन् सजग रहनू- केपी शर्मा ओली

images

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही पार्टीको समानुपातिकको मतवृद्धि अस्वाभाविक भएको बताएका छन् । एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य भएको हुनसक्ने ओलीको आशंका छ ।

images

समानुपातिकतर्फ ७६ लाख मत गन्दा एमालेले कटायो २१ लाख मत (सूचीसहित)

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फ हालसम्म कूल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ । आयोगले साँझ उपलब्ध गराएको विवरणअनुसार कूल ४७ र...

 ‘समानुपातिक मतगणना भइरहेको छ। सुरु देखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ’, ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ।’

ओलीले  जिल्ला जिल्लामा मतगणनामा रहेका कार्यकर्तालाई चनाखो बन्न आग्रह गरेक छन् । ‘साथीहरू चनाखो रहनुहोस् । मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु’, ओलीले भनेका छन् । ओलीले कुन पार्टीको मत अस्वाभाविक आएको हो भन्नेचाहिँ खुलाएका छैनन् । 

ओलीले केही पार्टीको मत वृद्धि अश्वभाविक देखिएको भन्दै जिल्लामा मतगणनामा रहेकाहरू सचेत बन्न र मत परिणामको मुचुल्काको प्रति आफ्नो फेसबुकको मेसेज बक्समा पठाउन आग्रह गरेका छन् ।

शनिवार विहानदेखि नेकपा एसको मत अश्वभाविक बढेपछि एमालेले आफ्ना गणकहरुलाई सचेत गराएको एक नेताले बताए । नेकपा एसले थ्रेसहोल्ड नकट्ने सम्भावना देखिएपछि गठबन्धनभित्रैबाट गम्भीर चलखेल भएको एमालेको आशंका छ ।

शनिबार १० मंसिर २०७९ ०८:२४ PM मा प्रकाशित

प्रतिक्रिया