×

त्रिविमा मिलोमतोमा नियुक्ति दिएको आरोपमा छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा

images

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालयको सह-परीक्षा नियन्त्रक छनोट समितका संयोजकसहित चार जनाविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले छनोट समितका संयोजक प्रा.डा. जया लक्ष्मी प्रधान, सदस्यहरु प्रा.डा. मोतिलाल शर्मा, प्रा.डा.मेघराज पोख्रेल र तत्कालीन सह-परीक्षा नियन्त्रक (सह-प्राध्यापक) डिल्लीराम प्रसाई उपर गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ ।

सह-परीक्षा नियन्त्रकमा प्रसाईलाई नियुक्ति दिदा गलत प्रतिवेदन, परीक्षाको परिणाम फेरबदल र नपाएको ओहदा दिएको अख्तियारको आरोप छ । 

अख्तियारले चारै जनाविरुद्ध कानुन बमोजिमको जरिवाना र सजायको माग गर्दै मुद्धा दायर गरेको बताएको छ ।

 

बुधबार ११ मंसिर २०८२ ०८:४४ PM मा प्रकाशित

प्रतिक्रिया